खोटाङमा समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी पहिलो

खोटाङ । प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी पहिलो बनेको छ। प्रत्यक्षतर्फ १६ हजार ६१२ मतसहित आरेन राईलाई प्रतिनिधिसभा सदस्यमा विजयी गराएका मतदाताले समानुपातिकतर्फ पनि सोही पार्टीलाई बढी मत दिएका हुन्।

समानुपातिकतर्फ खोटाङमा कूल ६३ हजार २५७ मत खसेको थियो। तीमध्ये श्रम संस्कृति पार्टीले १८ हजार १३७ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ।

त्यसैगरी नेकपा (एमाले) ११ हजार ३८५ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेपाली कांग्रेस १० हजार ७०५ मतसहित तेस्रो स्थानमा रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ८ हजार ८७९ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ।

यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ हजार २७४ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले १ हजार २४४ मत प्राप्त गरेको छ।

यसअघि खोटाङको प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका थिए। जिल्लामा प्रत्यक्षतर्फ मात्रै होइन, समानुपातिकतर्फ पनि सोही पार्टीले सबैभन्दा धेरै मत प्राप्त गर्दै आफ्नो प्रभाव देखाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।