धनकुटामा समानुपातिक तर्फ पनि एमाले पहिलो

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धनकुटामा समानुपातिकतर्फको पनि मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार धनकुटामा नेकपा एमालेले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाएको छ ।

एमालेले १६ हजार ५६७ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोस्रो स्थानमा छ । रास्वपाले १४ हजार ६७९ मत पाएको छ । तेस्रो स्थानमा रहेको श्रम संस्कृति पार्टीले १३ हजार ६९० मत पाएको छ ।

यस्तै नेपाली काँग्रेसले ८ हजार ६५१, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १ हजार ६३४, जनता समाजवादी पार्टी, नेपालले १ हजार ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार २०५ मत पाएका छन् । राष्ट्रिय परिवर्तन पार्टीले ५२४ र एकल चिन्ह बस (नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टी) ले ४८७ मत पाउँदा राष्ट्रिय जनमुक्ति पार्टीले ३८३ मत ल्याएको छ ।

यस्तै राष्ट्रिय गौरव पार्टीले २४४, एकल चिन्ह जाँतो (राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपाल) ले २०४, सार्वभौम नागरिक पार्टीले १५५ र मंगोल नेशनल अर्गनाइजेसनले १४३ मत पाएका छन् । नेपाल जनता संरक्षण पार्टीले १३६, नेपाल लोकतान्त्रिक पार्टी १२९, प्रगतिशील लोकतान्त्रिक पार्टीले १२८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १११, जनमत पार्टीले ९३, जन अधिकार पार्टीले ६८ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले ६३ मत पाएको छ ।

यस्तै राष्ट्रिय मुक्ति आन्दोलन नेपालले ६९, संयुक्त नागरिक पार्टीले ५६, नेपाल सद्‍भावना पार्टीले ५४, एकल चिन्ह मोबाइल (आम जनता पार्टी र जनादेश पार्टी नेपालले ४८७, प्रजातान्त्रिक पार्टी नेपालले ४८ र नेपालका लागि नेपाली पार्टीले ४४ मत ल्याएका छन् । नेपाल जनता पार्टीले ३१, पिपुल फर्ष्ट पार्टीले ३५, नेपाली जनश्रमदान संस्कृति पार्टीले ३०, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) ले २७, राष्ट्रिय एकता दलले ३३, नेपाल मजदुर किसान पार्टीले २९ र नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २६ मत पाएका छन् ।

यसैगरी समावेशी समाजवादी पार्टीले २०, बहुजन शक्ति पार्टीले १७, राष्ट्रिय जनता पार्टीले १९, नागरिक शक्ति नेपालले १६, नेपाल मातृभूमि पार्टीले १४, जय मातृभूमि पार्टीले १७, नेपाल जनमुक्ति पार्टीले १५ र समावेशी समाजवादी पार्टी नेपालले १४ मत ल्याएका छन् । नेपाली जनता दलले १४ मत ल्याउँदा जनता लोकतान्त्रिक पार्टी नेपालले १२, राष्ट्रिय ऊर्जाशील पार्टी नेपालले १२, एकल चिन्ह जगर भएको (सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले १०, नेपाली काँग्रेस (वी.पी.) ले १० र राष्ट्र निर्माण दल नेपालले ८ मत पाएका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।