विराटनगरमा दुर्घटनामा परेर नेपाल प्रहरीका सईको मृत्यु
विराटनगर । विराटनगरमा बुधबार बिहान दुर्घटनामा परेर नेपाल प्रहरीका सई (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ ।
हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी भई कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत ४० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए ।
उनका अनुसार विराटनगर महानगरपालिका–४ राजवंशी चोकमा बिहान ७ः३५ बजेतिर दुर्घटना भएको थियो ।

