समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न

काठमाडौ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार गोरखा–१ र इलाम–१ को मतगणना सकिएसँगै समानुपातिकतर्फको पनि सम्पूर्ण मतगणना सम्पन्न भएको हो। मतगणना सकिएसँगै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उनले जानकारी दिए।

समानुपातिक मतगणना सम्पन्न भएसँगै राजनीतिक दलहरूले पाउने सिट सङ्ख्या निर्धारण गर्ने प्रक्रिया पनि सुरु भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार केही दिनभित्रै यो प्रक्रिया टुंगिने अपेक्षा गरिएको छ।

निर्वाचन आयोगका अनुसार बुधबार बिहान ११ बजेसम्म समानुपातिकतर्फ कुल १ करोड ७ लाख ३९ हजार १ सय १५ मत गणना भएको छ।

गणना भएको मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार २ सय ३५ मतसहित अग्रस्थानमा रहेको छ। त्यसैगरी नेपाली कांग्रेस ले १७ लाख ४९ हजार ५ सय ८३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ भने नेकपा (एमाले) ले १४ लाख ४८ हजार ८ सय ५४ मतसहित तेस्रो स्थानमा रहेको छ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टी ले ८ लाख ५ हजार ७ सय ७३ मत प्राप्त गरेको छ। श्रम संस्कृति पार्टी ले ३ लाख ७८ हजार ६ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख २९ हजार ४ सय ७२ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगका अनुसार अन्य दलहरू भने समानुपातिक प्रणालीमा आवश्यक थ्रेसहोल्ड कटाउने अवस्थामा नदेखिएको जनाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।