आयल निगमले भोलीदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्ने
काठमाडौं । नेपाल आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिन्डर ग्यास पठाउने भएको छ।
निगमको यस निर्णय अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन्।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार आधा सिलिन्डर ग्यासको मूल्य साविकको भन्दा आधा तोकिएको छ।
आधा सिलिन्डर ग्यास बाँड्दा धेरै उपभोक्ता लाभ लिन सक्ने भट्टले बताएका छन्।
भारतबाट माग अनुसार नै ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिएपछि सरकारले आधा सिलिन्डर (७.१ केजी) मात्रै भरेर बिक्री गर्ने योजना बनाएको हो।



