धनकुटाको हिलेमा अवस्थित पचास बर्षे ईतिहास भएको गजुर होटल

जीवनप्रसाद राई । २०३२ सालताका तिब्बतियन मुलका नागरिकले शुरु गरेको हिलेको गजुर होटल ५० बर्ष पुरागरि सकेको छ । त्यही गजुर होटल छेन्छु नामक महिलाबाट किनेर हाल निमा शेर्पा र कौसिला तामाङ दाम्पत्तिले बिगत १७ बर्ष अघि देखि संचालन गर्दै आईरहेका छन ।

गजुर होटल संचालन गर्ने निमा र कौसिला दाम्पत्ति चौथो नम्बरका मालिक हुन । होटल गजुर हाल रेष्टुरेण्ट एण्ड बारको रुपमा हिलेमै अब्बल रुपले संचालनमा रहेको छ । पर्यटकीय नगरी हिलेमा यस्ता रेष्टुरेण्ट एण्ड बारहरु धेरै मात्रामा संचालनमा आउनुपर्ने आवश्यकता देखिन्छ । बास बस्नका लागि होटल अति आवश्यक भएता पनि खाना, नास्ता, पेय वस्तुका लागि रेष्टुरेण्ट अझ बढी आवश्यक हो । यसको आपुर्ति हिलेमा गजुर होटलले गरिरहेको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा स्व। आमा निमाबुटी शेर्पा र स्व. बुवा साङदोर्जी शेर्पाबाट जन्मिएका निमा शेर्पा सुनाखरी लहरा नामक जडिबुटी खोज्ने व्रmममा धनकुटाको माथिल्लो सान्नेमा आईपुगेका थिए । धरानबाट उकालो लागेपछि हिले आईपुग्दा सबैभन्दा मिठो खाने ठाँउ र राम्रो बस्ने ठाँउ सोध्दा गजुर होटलको नाम सबैले लिएका थिए अनि उनी सिधै गजुर होटलमा आएर बास बसे ।

जडिबुटी खोज्ने व्रmममै उनी धेरै लामो समय गजुर होटलमै बिताए । उनीले बिभिन्न ठाँउबाट जडिबुटी संकलन गरेर काठमाण्डौ पठाउने र आफु चाँहि त्यही गजुर होटलमै बसिरहेका थिए । यसरी लामो समय गजुर होटलमै बस्दै गर्दा होटल संचालक छेन्छु अमेरिका जाने भईन । छेन्छु अमेरिका जाने भएपछि उक्त होटल निमा शेर्पाले नै संचालन गर्ने जिम्मेवारी आईपुगेको बताउँछन ।

गजुर नामै काफी :
तपाईको होटल कसरी चिन्ने भन्ने प्रश्नमा निमा भन्छन । लामो बिरासत बोकेको गजुर होटल नामैले चिनिने बताउँछन । तैपनि हाल नेपाली खानाको स्पेशल ब्रान्ड बनाएको र झोल मःम का कारणले बिशेषगरि चिनिने बताउँछन । उनीसंग हाल लजहरु नभएको कारणले गर्दा उनकोमा बास सोध्न आउनेहरुलाई उनीहरुको चाहना अनुसार हिलेको सबै होटलहरु रिफर गर्ने बताउँछन । उनको होटलमा बिहान ९ बजे देखि खाना शुरु हुने र दिनको १२ बजे सम्म मात्रै पाईने हुनाले त्यो समयपछि आउने ग्राहकहरुलाई अन्य होटललाई सहर्ष सिफारिस गर्ने बताउँछन । दिनको १२ बजे पछिको समय भनेको खाजा र नास्ताको रहने र बेलुका पेयबस्तुहरुको रहने उनले बताएँ । उनी दिनमा १ सय वटा नेपाली खाना बेच्ने गर्दछन ।

चाउमिन, थुप्पा, मःम, तोङबा, सुकुटी हिलेको स्पेशल हो । यस्ता परिकार सबैले पस्कने भएता पनि निमा शेर्पाले नेपाली खानाकै स्पेशल ब्रान्ड र झोल मःम लाई बढी प्राथमिकता दिएको परिकारको रुपमा भन्न रुचाउँछन । अहिले प्रायः हिलेका स्थानीय बासिन्दाहरु पनि गजुर होटलकै हट एण्ड स्पाईसी झोल मःम सबैले रुचाउँछन र ग्राहकहरुको रोजाईमा परेको परिकार हो उनी भन्छन ।

होटल संचालनका बाधा र समस्याहरु:
१७ बर्षको लामो समयमा निमाले होटल संचालनका व्रmममा भोगेको समस्या हो नाकाबन्दी, कोरोना र भुकम्प आएको र भएको समयमा हो । मुख्यतः नाकाबन्दी भएको अवस्थामा एउटै सिलिण्डर ५ देखि ६ हजार रुपियाँ सम्म तिरेर किन्नुपरेको घटना सबैभन्दा बिर्सनै नसकिने थियो । कोरोना कालमा भने होटलहरु संचालन गर्न नपाउने कारणले गर्दा कैयौ होटल तथा रेष्टुरेण्ट ब्यवसायीहरु धारासायी भएका थिए र त्यो बेला टिक्न सक्नु भनेको नै सफलता ठानेको बताउँछन ।

प्राकृतिक बिपत्तिको रुपमा आएको भुकम्पका बेला होटललाई चाहिने आवश्यक सामानहरु जुटाउन गारो भएको र यो बेलामा समेत निकै समय होटलहरुमा गएर खाने ग्राहकहरु नभएकाले यो समय पनि निकै समस्या भएको बताए । उनी भन्छन यसप्रकारका समस्याहरु भएको अवस्थामा सरकारले बिशेष सहुलियत तथा सुबिधाहरु दिएमा होटल ब्यवसायीहरु आफ्नो पेशाबाट बिस्थापित हुनु नपर्ने समाधान सुनाउँछन ।

सरोकारवालाहरुलाई निमाको सुझाब:
हामी स्थानीय सरकारलाई मात्रै दोष दिएर उम्कान नमिल्ने बताउँछन । पर्यटन क्षेत्रको बिकास तथा पर्यटकहरु ल्याउनका लागि सर्बप्रथम होटल एसोसियन नै लाग्नुपर्ने उनको सुझाब छ । यसपछि महत्वपुर्ण सरोकारवाला निकाय हो उधोग बाणिज्य संघ । धनकुटा क्षेत्रमा पर्यटकहरुको भीडभाड ल्याउनका लागि पहिलो र दोस्रो होटल एसोसियसन र उधोग बाणिज्य संघ नै हुन यसपछि मात्रै स्थानीय सरकारले होस्टेमा हैसे गर्ने हो । तर धेरैको बुझाई स्थानीय सरकारले गर्नुपर्ने भन्ने बिषय नै आफैमा नमिल्दो रहेको उनको बुझाई छ ।

यसैगरि बिदेश नै जान चाहने युवाहरु प्रति पनि निमाको राम्रो सुझाब रहेको छ । हामी आफु संग भएको महंगो बस्तुहरुलाई त्यागेर सस्तो बस्तुहरुको खोजीमा रहेको बताउँछन । आफु स्वयं नै मलेसियामा ५ बर्ष घोटिएर आएको हुनाले बैदेशिक रोजगारीका समस्या र कठिनाईहरु राम्ररी बुझेको बताउँछन । उनको बिचारमा बिदेशमा फलेको पैसा टिप्न जाने जसरी नेपालीले बुझ्नु नै हाम्रो ठुलो समस्या र कमजोरी हो । यसैगरि उनी भन्छन नेपालमा ३ दिन काम गरेर ४ दिन आराम गर्न खोज्छन अनि प्राय नेपालीहरुले काम गर्नु र श्रम गर्नुलाई एकदमै दुःख भएको ब्याख्या गर्दछन । यो एकदमै खराब ब्याख्या हो । बिदेशमा श्रम गर्नुलाई गौरब ठान्ने र नेपालमा श्रम गर्नुलाई दुःखको संज्ञा दिनु नै हाम्रो दुर्भाग्य हो ।

निमाको बुझाईमा हिलेको आवश्यकता:
जसरी बाह्य जिल्ला अर्थात पोखरा, सौराहा तिर बास बस्दा साँस्कृतिक कार्यव्रmमहरु हेर्न पाईन्छन त्यस्तै खालको साँस्कृतिक कार्यव्रmम हिलेमा आवश्यक रहेको उनको ठम्याई छ । होटल ब्यवसायीहरुले कम्तिमा रातको १२ बजे सम्म होटल संचालन गर्न पाउनुपर्ने उनी सुझाउँछन ।

प्रत्येक होटलमा बास बस्ने पाहुनाहरुले हिलेको २ देखि ३ घण्टा होटल भन्दा बाहिर गएर मनोरन्जन गर्न पाउनुपर्ने बताउँछन । त्यो मनोरन्जन साँस्कृतिक होस र यहाँका तामाङ, राई, लिम्बु, मगर, गुरुङ, आठपहरिया सबैको संस्कृति कला झल्कने खालको एकदमै ब्यवस्थित र प्रशासनिक रुपमा समेत संरक्षित खालको भएमा यसले हिलेको माहोल थप पर्यटनमय हुने कुरा उनको बुझाई छ । यही बिषयमा पाईला टेक्न सकिएमा हिलेलाई थप पर्यटकीय हबको बिस्तार गरि यहाँ रोजगारी, अवसर र आर्थिक चलायमानको सिर्जना गर्न सकिने बताउँछन । उनी संग अथाह आँट हिम्मत र साहस भएकाले अहिले नै भावी योजना नबनाई सकेको भएता पनि भविष्यमा केही न केही कदम अवस्य चाल्ने बताउँछन । निमा शेर्पा र कौशिला तामाङ दाम्पत्तिको यो साहसले हिलेलाई अलिकति भए पनि उर्जा मिलेको छ ।

 

(नोट : लेखक राई बिगत ३५ बर्ष देखि नेपालमै संभावना र अवसर सिर्जना गरिरहेका ब्यक्ति हुन । ८ बर्ष लगाएर नेपालका ७७ वटै जिल्ला, सबै नगरपालिका र अधिकांश गाँउपालिकाको कृषि पर्यटन अभियान लिएर भ्रमण गर्ने पहिलो नेपाली समेत हुन । स्नातकोत्तर गरेका उनका २३ पुस्तक प्रकाशित छन । उनी हाल धनकुटाको हिलेमा पर्यटन ब्यवसायमै संलग्न रहेका छन् ।-सह सम्पादक )

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।