धरानका दुई होटेलमा प्रहरीको छापा, अनैतिक धन्दामा संलग्न रहेको आरोपमा ९ जना पक्राउ
सुनसरी । धरानका दुई होटेलबाट प्रहरीले अनैतिक धन्दामा संलग्न रहेको आरोपमा ९ जनालाई नियन्त्रणमा लिएको छ।
धरान-१२ चतरालाइन स्थित २ होटलबाट प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको हो।
स्थानीयको गुनासो पछि इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले कुन्साङ होटल र सैनिक दिक्तेल होटेलमा छापा हानेको थियो।
त्यसक्रममा प्रहरीले होटेल संचालक सहित ९ जनालाई नियन्त्रणमा लिन सफल भयो। स्रोत : खबरमण्डु


