मोरङ्ग र सुनसरीमा दुर्घटना हुंदा दुई जनाको मृत्यु

विराटनगर। मोरङ्ग र सुनसरीमा भएका दुर्घटनामा २ जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४ मा भएको सवारी दुर्घटनामा विराटनगर–१८ का ३० वर्षीय अजय मण्डलको मृत्यु भएको हो ।

शनिबार राति करिब पौने १० बजे मण्डलले चलाएको भारतीय नम्बरको मोटरसाइकल अनियन्त्रित भई को २ स १६२ नम्बरको कवाडी बोक्ने इभी लोडरमा ठक्कर खाएको थियो।दुर्घटनामा परेर मण्डलको दायाँ हात र खुट्टा भाँचिएको थियो। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले उनलाई उद्धार गरी उपचारका लागि न्युरो अस्पताल भर्ना गरेको थियो।

न्युरो अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नोबेल अस्पताल पठाइएका मण्डलको आइतबार बिहान मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन्।प्रहरीले मोटरसाइकल, लोडर र लोडर चालक १९ वर्षीय मोहम्मद मोसिमलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।।

उता सुनसरीको हरिनगर गाउँपालिका–१ मा शनिबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। भुटहाबाट हरिनगरतर्फ गइरहेको प्रदेश०१–०२–०५७प ४८९९ नम्बरको मोटरसाइकललाई उखु बोकेको स १ ज ४९१४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय २५ वर्षीय दीपक दासको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका दीपकको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले बताए। सोही दुर्घटनामा परी स्थानीय मिथुन दास गम्भीर घाइते भएका छन्। उनको अहिले विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने फरार रहेका चालकको खोजी भइरहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ओलीले जानकारी दिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।