श्रम संस्कृति पार्टीबाट समानुपातिक तर्फका चार जना सांसदको नाम टुंगो,को-को परे?

सुनसरी । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ ।

धरानमा आज बसेको केन्द्रीय समिति बैठकले ४ जनाको नाम टुंगो लगाएको पार्टी प्रवक्ता सत्य घलेले जानकारी दिए । बैठकले टुंगो लगाएको नाम आयोगमा पठाइने उनले बताए ।

श्रम संस्कृति पार्टीले समानुपातिकमा आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू (पुरुष), मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलितबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) को नाम टुंगो लगाएको हो ।

आदिवासीबाट छनोटमा परेका लिम्बू बृटिस गोर्खा भूपु सैनिकका क्याप्टेन हुन् । उनको नाम अध्यक्ष साम्पाङले आइतबार बिहानै एक कार्यक्रमबाट सार्वजनिक गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।