तीन घरमा चोरीको अनुसन्धान गर्दा लोडेड कटुवा पेस्तोल भेटियो

रौतहट, २ असोज । रौतहटको गरुडा नगरपालिका–७ भिमडावरमा लगातार तीनवटा घरमा चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले लोडेड कटुवा पेस्तोल बरामद गरेको छ।

शुक्रबार बिहान स्थानीय दयाराम साहको घरको पछाडिको ढोकाको आग्लो भाँचिएको अवस्थामा चोरी भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो। चोरले घरभित्र प्रवेश गरी रेडमी, ओपो र रियलमी ब्रान्डका तीन थान मोबाइल चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

त्यसैगरी मनोज साहको घरमा छतको ढोकाबाट प्रवेश गरी कोठाको आग्लो निकालेर दराजमा राखिएको पर्सबाट करिब ५ हजार रुपैयाँ चोरी भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले जानकारी दिए।

रामाज्ञा साहको घरमा पनि माथिल्लो ढोकाबाट प्रवेश गरी टिनको बाकसभित्र राखिएको पर्सबाट ८ हजार रुपैयाँ नगद र एक थान भिभो मोबाइल चोरी भएको प्रहरीले जनाएको छ।

तीनवटै घरमा चोरी भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर उज्ज्वल क्षेत्रीको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो।

अनुसन्धानका क्रममा दयाराम साहको खपडाको छानो भएको भुईँघरको बरण्डामा राखिएको खाटबाट एक थान लाइभ राउण्डसहित लोडेड कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।

बरामद हतियारसहित चोरीको घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। रौतहट प्रहरी प्रमुख एसपी सीताराम रिजालले बेवारिसे अवस्थामा रहेको जस्तो देखिने पेस्तोल बरामद भएको पुष्टि गरेका छन्।

घटनामा हालसम्म कसैलाई पक्राउ नगरिएको र बरामद हतियार तथा चोरीसम्बन्धी घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रिजालले बताएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।