झापा, सुनसरी र धनकुटाबाट लागूऔषध सहित १० जना पक्राउ
विराटनगर, असोज २ । झापा, सुनसरी र धनकुटाबाट प्रहरीले लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ ।
असोज १ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका–७ का प्रकाश सहनी र राहुल राजवंशीलाई ४ ग्राम ८६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड–१ का २९ वर्षीय मनकुमार राई र २६ वर्षीया रेखा थापालाई ९५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
धनकुटाको प्रहरी चौकी हिलेले सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का मनिष अधिकारी, अजय साह तथा भोजपुरका सन्तोष खड्का र पवन रोकालाई ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, सुनसरीको अस्थायी प्रहरी पोस्ट सखुवागाछीले इनरुवा नगरपालिका–५ का अर्जुन चौधरी र धनकुटाको साँगुरीगढी–९ का प्रबिन राईलाई ९४० ग्राम गाँजासहित पक्राउ गरेको छ ।
पक्राउ परेकामाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

