दुबई विमानस्थल नजिकै ड्रोन आक्रमण: इन्धन ट्याङ्कीमा आगलागी, उडान सेवा अवरुद्ध
एजेन्सी । सोमबार बिहान दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण हुँदा इन्धन ट्याङ्कीमा भीषण आगलागी भएको छ।
विष्फोटको आवाज र आगोका कारण यात्रुहरूमा त्रास फैलिएपछि सुरक्षाका लागि उडान सेवा अस्थायी रूपमा बन्द गरिएको छ।
दुबई मिडिया अफिसका अनुसार नागरिक रक्षा टोलीले आगो नियन्त्रणमा लिइसकेको छ र अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन। यस घटनाको जिम्मेवारी कसैले लिएको छैन र आक्रमणको स्रोतबारे अनुसन्धान भइरहेको छ।
विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ।


