धनकुटाको चौबिसे गाउंपालिकाले सगरमाथा चढ्न युवालाई सहयोग गर्ने

नारायण कुमार राई/धनकुटा(चौबिसे),२ चैत । सर्बोच्च शिखर सगरमाथा आरोहिको तयारीमा रहेका चौबिसे गाउँपालिका वडा नं.६ राजारानी स्थित राजा ताल निवासी गौरव लिम्बुलाई पालिकाले सहयोग गर्ने भएको छ ।

२ बर्षको शिखर आरोहण तालिम पछि यहि १२ गते पहिलो पटक सोलुखुम्बुको आईलेन पिक आरोहणको अन्तिम तयारिमा रहेका ३६ वार्षिया लिम्बुलाई सगरमाथा आरोहणमा सहयोग गर्ने पालिका अध्यक्ष राजकुमार लिम्बुले वचन दिनुभएको छ ।

चौबिसे गाउँपालिकाको पर्यटन प्रचार र प्रबर्द्धन गर्न लिम्बुले आईलेनको आईलेनको चुचुरोमा पुगेर चौबिसे गाउँपालिकाको ब्यानर फहराउने जानकारी दिनुभयो ।”त्यो पिक चढेपछि सगरमाथा चढ्ने बाटो खुल्छ” लिम्बुले भन्नुभयो ।

हाल करिव ५ लाखको लागतमा आईलेन पिक चढ्नलाग्नुभएका लिम्बुले सगरमाथा चढ्न १५ देखि १८ लाख लागत लाग्ने जानकारी दिनुभयो । चौबिसेको पहिलो आरोही बन्ने अभिलाषा बोकेको बताउनुहुने लिम्बुलाई सगरमाथा चढ्न,पालिकाले आगमी नीति तथा कार्यक्रमबाट बजेटको ब्यवस्था गर्ने अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

आरोहणको शुभकामना दिदै लिम्बुले भन्नुभयो- “यो आरोहण सकेर आएपछी पालिकालाई जानकारी गराउनुहोला,गाउँपालिकाले तपाईंलाई सकेको सहयोग गर्छ ।”

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।