राइडर पिट्ने कार चालकको पहिचान खुल्यो

काठमाडौँ । प्रहरीले भक्तपुरको तेलकोटमा बाइक राइडर पिट्ने कार चालकको पत्ता लगाएको छ ।

शनिबार नगरकोट सडकखण्डमा ओभरटेक गरेको विषयलाई लिएर दुईजना मोटरसाइकल राइडर (भ्लगर) माथि सडकमै कुटपिट गर्ने कार चालकको नाम, ठेगाना र सम्पर्क नम्बर फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

‘व्यक्ति पहिचान भइसकेको छ, उसको नाम, नम्बर, ठेगाना सबै फेला परिसक्यो । हामी खोज्दै छौँ, अहिले उनी फरार छन्,’ परिसरका प्रवक्ता प्रकाश जबेगु लिम्बूले भनेका छन्। सामाजिक सञ्जालमा घटनाको भिडिओ भाइरल भएपछि प्रहरीले चालकको खोजीकार्यलाई तीव्रता दिएको हो ।

पक्राउ परेपछि मात्रै कार चालकको औपचारिक रूपमा नाम सार्वजनिक गर्ने प्रहरीको तयारी छ । स्थानीयले कार चालक अनुप लामा भएको बताएका छन् ।

भाइरल भिडिओको आधारमा उनका सामाजिक सञ्जाल अकाउन्टमा अपलोड भएका भिडिओ, त्यसमा देखिने उनको गेटअप, फेसियल रिग्निसन र लोकेसनसँग आदिको जाँच गर्दा कार चालक लामा नै रहेको पुष्टि भएको भएको हो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।