मोरङको लेटाङमा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते,तीन जना पक्राउ
लेटाङ । मोरङको लेटाङ नगरपालिकामा दुई जना व्यक्तिमाथि खुकुरी प्र*हार गरी ज्यान मार्ने प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरीका अनुसार चैत १ गते राति लेटाङ नगरपालिका–३ स्थित किर्तिमान बिहिबारे क्षेत्रमा स्थानीय हरिबहादुर दर्जी र सुरज मोते दमाईमाथि धारिलो हतियार खुकुरी प्रहार भएको थियो। उक्त आक्रमणबाट दुवै जना गम्भी*र घाइते भएका छन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ स्थानीय बासिन्दा तथा प्रहरीको सहकार्यमा घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो।
घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय लेटाङ र प्रहरी चौकी बुधबारेबाट खटिएको संयुक्त टोलीले घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा लेटाङ–३ त्रिशुली चोकका २१ वर्षीय मौसम राई, लेटाङ–२ बुधबारे हाटखोलाका २९ वर्षीय विष्णुबहादुर दर्जी तथा सोही स्थानका १९ वर्षीय हेमन्त दर्जी रहेका छन्।


