प्रधानमन्त्री कार्कीद्धारा नवनिर्वाचित एनआरएनए अध्यक्ष डा. शर्मालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले सोमबार साँझ आफ्नो औपचारिक फेसबुक पेजमार्फत डा. शर्माको नेतृत्वमा चयन भएको टोलीलाई सफल कार्यकालको शुभकामना दिएकी हुन्।

प्रधानमन्त्री कार्कीले एकता र मेलमिलापभन्दा ठूलो शक्ति अरू केही नहुने बताउँदै गैरआवासीय नेपाली संघले आज एउटै मञ्च र एउटै ब्यानरमा सर्वसम्मत नेतृत्व चयन गरी अघि बढ्ने प्रण लिएको उल्लेख गरेकी छन्। उनले विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपालीलाई बधाई दिँदै डा. हेमराज शर्मा नेतृत्वको टोलीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्।

यसअघि प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपाली संघको १२औँ विश्व सम्मेलन तथा महाधिवेशनको समापन समारोहलाई सम्बोधन गरेकी थिइन्।

डा. शर्मा गैरआवासीय नेपाली संघमा १३ वर्षपछि पहिलो पटक सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन्। काठमाडौँमा विगत तीन दिनदेखि जारी संघको १२औँ महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ। सम्मेलनले १२ बुँदे घोषणापत्र पनि जारी गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।