बोलेरो जीप दुर्घटना,३ जना गम्भीर घाइते
डोटी । डोटीको बोगटान फुड्सिल–३ इनडामा बोलेरो जीप दुर्घटना हुदाँ ३ जना गम्भीर घाइते भएका छन् ।
सोही ठाउँको इनडाबाट धनगढी आउदै गरेको बोलेरो जिप सोही ठाउँमा अनियन्त्रित भइ खसेको हो ।
घटनामा परि ३ जना गम्भिर घाइते भएको र उनिहरुलाई उपचारको लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।
घटना स्थलमा उद्दार कार्य जारी रहेकोले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

