ओखलढुंगामा हावाहुरीले उडायो विद्यालयको छाना, पठनपाठन प्रभावित
ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका ६ पाराको दामती माविको छाना हावाहुरीले उडाएको छ ।
उक्त विद्यालयको कक्षा ८, ९ र १० पढाइ हुँदै आएको भवनको जस्तापाताको छाना उडाउँदा पठनपाठन प्रभावित भएको हो ।
हावाहुरीले विद्यालयको जस्तापाता भीरमा उडाएर पुर्याएको विद्यालय स्रोतले जनाएको छ ।


