बिर्तामोड बसपार्कका होटलबाट १६ जना पक्राउ

झापा । बिर्तामोड बसपार्कका होटलहरुमा यौनधन्दा र लागूऔषध कारोबार बढ्दै गएको जनगुनासो आइरहेको अवस्थामा झापा प्रहरी ‘एक्सन’ मा उत्रिएको छ । यौनधन्दा र लागूऔषध कारोबार हुने ती होटलको पहिचान गरी प्रहरीले ‘सर्च अप्रेशन’ गरी निगरानी समेत बढाएको छ ।

त्यस क्रममा गए राति ९ः४५ बजे अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित राईमान होटल एन्ड लजबाट शंकास्पद अवस्थामा भेटिएका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको टोलीले चेकजाँच गर्दा शंकास्पद अवस्थामा फेला पारी पाँच युवतीसहित १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा १८ देखि २४ वर्ष उमेरका युवतीहरू छन् । त्यस्तै ग्राहकका रुपमा भेटिएका चार भारतीय र एक नेपाली पुरुष पनि नियन्त्रणमा रहेको जनाइएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

चार दिनअघि पनि बिर्तामोड बसपार्क होटलबाट ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । होटलमा शंकास्पद अवस्थामा भेटिएका उनीहरूको साथबाट लागूऔषध समेत भेटिएको थियो । बिर्तामोड बसपार्कका करिब दुई दर्जन होटलहरुमा यौन धन्दा हुने गरेको जनगुनासो छ । त्यस्तै सैनिक मोडमा सञ्चालित होटलहरुमा पनि यौन धन्दा हुने गरेको छ ।

युवती राखेर यौन व्यवसाय गर्नकै लागि बिर्तामोड र सैनिक मोडका धेरै होटलहरु सञ्चालनमा छन् । प्रहरीले निगरानी बढाएसँगै अहिले होटलहरुमा युवती नराखी होटल सञ्चालकहरूले ग्राहकको इच्छा बमोजिम बाहिरबाटै युवती मगाइ दिएर व्यवसाय जारी राखेको बताइन्छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।