तेह्रथुमको आठराईमा एक महिला मृत फेला, हत्याको आशंकामा श्रीमान पक्राउ

तेह्रथुम । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–३ ह्वाकू ठुटेवर नजिकै घर भित्रै एक महिलाको शंकास्पद मृत्यु भएको छ । घटनामा हत्याको आशंकामा श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान स्थानीयवासीले ३३ वर्षीया आइतरानी दास घर भित्रै मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय सक्रान्ति बजारका प्रहरी निरिक्षक बिबेक बस्नेतको कमान्डमा खटिएको टोलीले घटना स्थलमा पुगि हत्याको आशंखामा ५० वर्षिय मृतकका श्रीमान पूर्ण बहादुर दासलाई पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।

सोमबार राति घरभित्रै कुटपिटका कारण उनको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । मृतकको शरीरभरि निलडाम देखिएकोले दाउरा जस्ता वस्तु प्रयोग गरी कुटपिट गरिएको हुन सक्ने अनुमान गरिएको छ।

घटनापछि प्रमाण लुकाउन रगत सफा गर्ने, मृतकको लुगा फेर्ने जस्ता प्रयास गरिएको देखिएको छ, जसले घटनालाई थप शंकास्पद बनाएको छ ।मृतकका डेढ वर्षकी एक छोरी रहेको बताइएको छ ।प्रहरीले यस घटनालाई “हत्या भएको आशंका”का आधारमा अनुसन्धान गरिरहेको छ भने विस्तृत विवरण आउन बाँकी रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।