कोशीमा फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित
लिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ।
संवेदनशील निर्वाचन क्षेत्रमा शान्ति सुरक्षा कायम गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाएको, Gen-Z आन्दोलनका क्रममा लुटिएका हतियार बरामद तथा फरार प्रतिवादी पक्राउ गरेको, ३५ मध्ये सबै मुद्दा फर्छ्यौट गरेको र कार्यालय पुनःस्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेको योगदानका आधारमा उनलाई सम्मान गरिएको हो।


