भोजपुरको हतुवागढीमा अवस्थित ऐतिहासिक ‘सयवृक्ष’ रुख ढल्यो
भोजपुर, चैत ३ । हतुवागढी गाउँपालिकास्थित सिन्द्राङ–छोकुभेन अवतारी क्षेत्रमा रहेको ऐतिहासिक ‘सयवृक्ष’ (चक्धेराङ) रुख सोमबार साँझ करिब ८ बजे ढलेको छ।
सिन्द्राङ छोकुभेन अवतारीपट्टि ढल्किएर ढलेको उक्त विशाल रुखले स्थानीय समुदायमा सांस्कृतिक र भावनात्मक असर पारेको छ।
स्थानीय अग्रजहरूका अनुसार यो सिङ्गुस (सयवृक्ष) रुख ठूला ढुंगाको कापमा माटो बिना नै सयौं वर्षदेखि उभिएको थियो।


