सौतेनी आमाको हत्या गरेर छोरा फरार

धनगढी । कञ्चनपुरमा सौतेनी आमाको हत्या गरेर छोरा फरार भएका छन् । दोधाराचाँदनी नगरपालिका–४ को मान्या चौराहमा हसिया प्रहार गरेर ७५ वर्षीया बिन्दा श्रेष्ठको हत्या गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले बिन्दाको उनकै सौतेनी छोरा ५० वर्षीय हरिप्रसाद श्रेष्ठले हत्या गरेको खुलेको बताए । उनकाअनुसार सामान्य घरायसी विवादका क्रममा श्रेष्ठले आफ्नी सौतेनी आमामाथि मंगलबार राति ९ बजेतिर हसिया प्रहार गरेका थिए ।

हसिया प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको हो सोही क्रममा मृतककी नातेदार भगवती देवी श्रेष्ठ पनि घाइते भएकी छन् । उनको दोधाराचाँदनी अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि श्रेष्ठ भने फरार भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।