झापाबाट लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

झापा, चैत ०४ गते । झापाको भद्रपुर नगरपालिका ५ र ६ बाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत ३ गते जिल्ला प्रहरी कार्यालय झापा, वडा प्रहरी कार्यालय भद्रपुर र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर- ६ बाट ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर सहित सोही स्थानका ३१ बर्षीय श्रवण यादव, २० बर्षीय गणेश राजवंशी र २६ बर्षीय प्रकाश राजवंशीलाई पक्राउ गरेको हो भने भद्रपुर-५ बसपार्क स्थितबाट १० ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानका ३० वर्षीय सुभम साह, भद्रपुर-४ का ३० वर्षीय जयकरण कहार, भद्रपुर-६ का ३५ वर्षीय दुलाल सेख र २९ वर्षीय मोहम्द अमिर बाबुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सबैजनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।