उदयपुरको नेपालटारमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
उदयपुर । उदयपुरको नेपालटारमा सवारी दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् ।
गाईघाटदेखि कटारी जाँदै गरेको टिफरले बिपरित दिशाबाट आउदै गरेको मोटरसाइकल चालकलाई ठक्कर दिएको थियो ।
घटनास्थलमा बेहोस् भेटिएका उनलाई उपचारका लागि उदयपुर जिल्ला अस्पताल ल्याउदै गर्दा मृत्यु भएको हो ।
मृतकको पहिचान खुल्न बाँकी छ ।


