मोरङ बूढीगंगाको मुसहर बस्तीमा भीषण आगलागी, १५ वटाभन्दा बढी घर जलेको अनुमान

मोरङ । मोरङको बूढीगंगा गाउँपालिकाको मुसहर बस्तीमा बुधबार दिउँसो भीषण आगलागी भएको छ ।

प्रहरीका अनुसार बूढीगंगा–४ स्थित गोकुवा चोकबाट पूर्वमा रहेको मुसहर बस्तीमा दिउँसो २ बजेतिर आगलागी सुरु भएको थियो । आगलागीमा परेर १५ वटा भन्दा बढी घर जलेको अनुमान गरिएको छ । यद्यपि, क्षतिको विवरण यकिन भइसकेको छैन ।

आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय नेमुवाबाट सई अशोक चौधरीको नेतृत्वमा टोली खटिएको थियो । साथै, जिल्ला प्रहरी कार्यालय मोरङबाट वरिष्ठ सई राजेन्द्र कटवालको नेतृत्वमा समेत टोली परिचालन गरिएको थियो ।

विराटनगर महानगरपालिकाबाट गएका दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ । आगलागी भएको बस्तीका सबैजसो घर फुसको छाना भएका र टाटीबेराले बारेका थिए ।
आगलागीको कारण खुल्न सकेको छैन ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ । आगोले घर खरानी बनाइदिएपछि भूमिहीन र मजदुरीमा निर्भर रहेका अति विपन्न मुसहर परिवारहरुको बिचल्ली भएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।