उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु

उदयपुर । उदयपुरमा गुडिरहेको स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ।

वेलका नगरपालिका-४ स्थित भित्री सडक खण्डमा जहडाबाट हरिपुरतर्फ जाँदै गरेको को १ ख ३५१६ नम्बरको स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको हो।

वेलका बोर्डिङ स्कुलको बसबाट खस्दा वेलका नगरपालिका-४ कै ९ वर्षीय सफल बस्नेतको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको टोलीले बालकको शवलाई पोस्टमर्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ।

साथै बस चालक वेलका नगरपालिका-८ का ३४ वर्षीय प्रेम तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖