खोटांगमा हेलिकप्टर दुर्घटनामा सवार यात्रु भन्छन्- दुर्घटना लगत्तै चालकले इन्जिन अफ गरे त्यसैले बाँचियो
खोटांग । आज खोटांगमा भएको हेलिकप्टर दु र्घटनामा दु र्घटनामा परेका यात्रु सकुशल छन् । दुर्घ टनालगत्तै चालकले इञ्जिन अफ गरेपछि थप क्षति हुन नपाएको हेलिकोप्टरमा सवार बालकुमार राईले बताए।
घटना सम्झिँदा सपनाजस्तो लाग्छ। सबैको होस् उडिसकेको थियो। म अगाडिको सिटमा बसेको थिएँ’, उनले भने, ‘यस्तो दुर्घ टना हुँदा पनि बाँच्न सकियो। चालकले तत्कालै इञ्जिन अफ गर्नुभयो। चलिरहेको इञ्जिन अफ भएपछि थप क्षति हुनबाट जोगियौँ।’
एयर डाइनेष्टी कम्पनीका क्याप्टेन सविनसँग सात वर्षको कार्यअनुभव र कूल एक हजार १०५ घण्टा हेलिकप्टर उडाएको रेकर्ड रहेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।
उडानका क्रममा कुनै प्राविधिक समस्या आएको हो वा अन्य कारण, त्यसबारे कम्पनीले अहिले केही खुलाएको छैन।


