गोली हानेर श्रीमतीको हत्या

कैलाली। कैलालीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन्। । गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा अन्दाजी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० योगेन्द्र तिमिल्सिनाले विवाद भएपछि रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुकले श्रीमतीलाई गोली हानी हत्या गरेको बताए ।

श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैंलाई पनि गोली हानेको प्रहरीको भनाइ छ । घाइते भएका रामबहादुरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

मृतक संजिताको शव घटनास्थलमै रहेको छ । माइती पक्ष आएपछि उठाइने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरेको डीएसपी तिमिल्सिनाले बताए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।