झापामा स्कारपियो चलाउँदै गर्दा बेहोस,पथरीका धिमालको सडक किनारमै ज्यान गयो

झापा । झापाको कमल गाउँपालिका–५ सितापुरीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो चलाइरहेका एक चालक अचानक बेहोस भई मृत्यु भएको छ।

बिहीबार साँझ करिब ६:३० बजे बिर्तामोडबाट मोरङको पथरीतर्फ जाँदै गरेको प्रदेश नं. १–०४–००१ च ००८० नम्बरको स्कारपियोका चालक पथरी नगरपालिका–९ निवासी ४५ वर्षीय योगेश धिमाल गाडी चलाउँदै गर्दा अचानक असहज महसुस गर्दै बेहोस भएका थिए।

अवस्था बिग्रँदै गएपछि उनले सजगतापूर्वक गाडी सडक किनारामा रोकेका थिए।गाडीमा सवार यात्रुहरूले पटक–पटक बोलाउँदा पनि कुनै प्रतिक्रिया नआएपछि स्थानीयको सहयोगमा उनलाई तत्काल दमकस्थित निम्स अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा साँझ करिब ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको छ। मृतकको शव पोस्टमार्टमका लागि मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाको वास्तविक कारण अझै खुल्न बाँकी रहेको छ भने थप अनुसन्धान जारी रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।