सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–५ लगुना मोडस्थित पूर्व–पश्चिम राजमार्गमा पिकअप गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

बिहीवार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नखुलेको तरकारी बोक्ने पिकअप गाडीले साइकल यात्री र पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको दुर्घटनापछि इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी नायव निरीक्षक कमल नेपालीको कमाण्डमा खटिएको टोलीले घाइते दुवै जनालाई तत्काल उपचारका लागि झुम्कास्थित अस्पताल पठाएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरस्थित टिचिङ अस्पताल पठाइएको थियो।

घटनामा पैदलयात्री रामधुनी नगरपालिका–३ का ६१ वर्षीय विष्णु प्रसाद खतिवडाको उपचारको क्रममा बिहीवार बिहान ६ः१३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, साइकल चालक इटहरी उपमहानगरपालिका–१८ नयाँ टोलका अन्दाजी ३५ वर्षीय देवराज बुढाथोकीको पनि उपचारकै क्रममा राति १०ः५ बजेतिर मृत्यु भएको हो।

दुर्घटनामा संलग्न पिकअप गाडी घटनापछि फरार भए पनि प्रहरीले को २ च २०७९ नम्बरको पिकअप गाडी कोशी गाउँपालिका–१ भन्सार टोल नजिक भित्री सडक किनारमा लुकाइराखेको अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय पकलीमा राखेको छ।फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।