विराटनगरबाट ब्राउन सुगर सहित एक जना पक्राउ
विराटनगर,चैत ७ । मोरङको विराटनगर- ११ बसपार्क स्थितबाट १०० ग्राम ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार अररिया फारबिसगंजका २५ बर्षीय बिपुल वर्मा रहेका छन् ।
चैत ०६ गते बिशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा वर्माको साथबाट लुकाई छिपाई राखेको अबस्थामा १०० ग्राम ब्राउन सुगर बरामद गरेसगै निजलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।


