झापामा चट्याङबाट आगलागी

झापा । झापाको गौरादह नगरपालिका–६ धोपा टोलमा चट्याङ लागेर आगलागी हुँदा करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

अविरल वर्षासँगै आएको हावाहुरीका क्रममा शुक्रबार राति ११:३० बजेतिर परेको चट्याङले स्थानीय अजयकुमार झाको भान्साघरमा आगलागी भएको हो । प्रहरीका अनुसार टिनको छानो र बाँसले बनेको एकतले भान्साघर तथा त्यससँगै जोडिएको ग्वाली पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

आगलागीका कारण भान्साघरभित्र रहेको ग्यास सिलिण्डर, करिब ८० किलो चामल, साइकल, विद्युत मिटर, वाइफाइ राउटर, भाडावर्तन, अन्नपात र फर्निचर जलेर नष्ट भएका छन् । साथै, ग्वालीभित्र रहेका ६ वटा बाख्रा (२ माउ र ४ पाठा) समेत जलेर मरेका छन् ।

घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । स्थानीय, प्रहरी तथा गौरादह नगरपालिकाको दमकलको सहयोगमा करिब राति १ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

अविरल वर्षा र चट्याङका घटनाहरू बढिरहेका बेला स्थानीयवासीलाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।