उर्लाबारी प्रहरीको कमाण्ड पहिलोपल्ट महिलाले सम्हाल्दै

उर्लाबारी, ७ चैत । इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीको इतिहासमा पहिलोपटक महिला नेतृत्व आएको छ । सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने भएकी छन् ।

उपत्यका प्रहरी कार्यालय, उजुरी छानबिन तथा मानवअधिकार शाखा रानीपोखरी, काठमाडौंबाट सरुवा भई आएकी वलीलाई प्रहरी संगठनभित्र कुशल र परिणाममुखी अधिकृतका रूपमा चिनिन्छ । यसअघि कार्यरत इन्सपेक्टर रञ्जन बरालको सुनसरीको दुहबीस्थित विशेष सुरक्षा गणमा सरुवा भएको छ ।

प्रहरी मुख्यालयले शुक्रबार देशभर २४ जना इन्सपेक्टरको काज सरुवा गरेसँगै उर्लाबारीमा ऐतिहासिक परिवर्तन भएको हो । वि.सं. २०५० साल वैशाखमा इप्रका उर्लाबारीमा इन्सपेक्टर दरबन्दी थपिएपछि पहिलो इन्चार्जका रूपमा प्रनि रघुवीर शेर्पाले पद सम्हालेका थिए । त्यसयता हालसम्म ५६ जना प्रहरी निरीक्षक यहाँ पदस्थापन भए पनि महिला नेतृत्व भने पहिलोपटक आएको प्रहरी अभिलेखमा उल्लेख छ ।

स्थानीयवासीले महिला नेतृत्वले प्रहरी सेवामा संवेदनशीलता, पारदर्शिता र समुदायसँगको सम्बन्ध अझ मजबुत बनाउने अपेक्षा गरेका छन् । समाजका जटिल समस्या समाधानदेखि महिला, बालबालिका तथा मानवअधिकारसँग सम्बन्धित मुद्दामा नयाँ ऊर्जा आउने विश्वास व्यक्त गरिएको छ ।

उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने पहिलो महिला इन्चार्जका रूपमा वलीको आगमनलाई ऐतिहासिक उपलब्धि र सकारात्मक परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।