बिर्तामोडमा चट्याङले एक घरमा क्षति
झापा, ७ चैत । झापाको बिर्तामोड नगरपालिका–७, गरामनीमा गएराति हावाहुरी र वर्षासँगै आएको चट्याङले एक घरमा क्षति पुर्याएको छ।
चट्याङले बिर्तामोड–७ का गणेश श्रेष्ठको दुई तले पक्की घरमा घरमा जडान गरिएको विद्युत् मिटर बक्स, पानी तान्ने मोटर १ थान, साथै सम्पूर्ण वायरिङ तार जलेर नष्ट भएको हो ।
उक्त घटनामा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


