मोरङको बेलबारीमा आगलागी हुंदा दुई घर जलेर नष्ट, २५ लाखको क्षति

बेलबारी । मोरङको बेलबारी नगरपालिका ५ कसेनीमा शनिबार दिउँसो भीषण आगलागी हुँदा २ वटा घर जलेर नष्ट भएका छन्।

दिउँसो साढे १ बजेतिर स्थानीय भगरु खा थारुको घरबाट विद्युत् सर्ट भई सुरु भएको आगोले छिमेकी दुधुलाल थान्दारको घरमा समेत क्षति पुऱ्याएको हो।

आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा र अन्य जिन्सी सामग्रीका साथै गोठमा रहेका चौपाया समेत जलेका छन् ।

प्रहरीका अनुसार ६५ वर्षीय भगरु खा थारुको इँटाको गारो र टिनको छानो भएको एकतले घर पूर्ण रूपमा नष्ट भएको छ। सो आगलागीमा परी घरभित्रका सबै सामग्रीका साथै ६ वटा बाख्रा र ५ वटा कुखुराको समेत मृत्यु भएको छ। उनको करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

यस्तै ६० वर्षीय दुधुलाल थान्दारको टाँटीबेरा र टिनको छानो भएको घर पनि जलेर खरानी भएको छ। उनको घरभित्रका सम्पूर्ण सामग्रीसहित २ वटा बाख्रा र २ वटा कुखुरा जलेर मर्दा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी सोमबारेबाट प्रहरी नायब निरीक्षक दुर्गाबहादुर बस्तोलाको कमाण्डमा खटिएको टोली, बेलबारी नगरपालिकाको दमकल र स्थानीय बासिन्दाको सक्रियतामा दिउँसो २ बजेर २० मिनेटमा आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।