झापाको कनकाईमा रहेको फनपार्कमा दुई समूहबीच झडप हुँदा पाँचजना घाइते

झापा । झापाको कनकाईमा रहेको एक फनपार्कमा दुई समूहबीच झडप भएको छ । डिजे बजाएर नाच्ने क्रममा विवाद हुँदा हेप्पील्यानड फनपार्कमा झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झडपमा पाँचजना घाइते भएका छन् भने प्रहरीले छजनालाई पक्राउ गरेको जनाएको छ । हिजो दिउँसो ४ बजे सो घटना भएको हो ।

झडपमा झापा गाउँपालिका-५ बस्ने १८ वर्षीय मानारुल आलम, सोही ठाउँ बस्ने १८ वर्षीय अन्सारुल अली, २० वर्षीय फिरोज अली, २० वर्षीय तामेजल खान र २४ वर्षीय समान शेख घाइते भएका छन् ।

प्रहरीले बाह्रदशी-४ बस्ने १९ वर्षीय साहिद खान, सोही ठाउँ बस्ने १९ वर्षीय सन्जाद आलम, २२ वर्षीय आसिक आलम, १७ वर्षीय सोहेल आलम, १८ वर्षीय सानाबाज आलम र १८ वर्षीय साहिल आलमलाई नियन्त्रणमा लिएको छ ।

हिजो इस्लाम धर्मावलम्वीहरुको महान पर्व इद मनाउन ह्याप्पी ल्यान्डमा भेला भएका उनीहरुबीच झडप भएको हो । दुई समूहको घर हुलाकी मार्गको बिरिङ खोला वारी र पारी पर्छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖