झापा, मोरङ, सुनसरी र इलामबाट लागू औषध सहित ९ जना पक्राउ

विराटनगर, चैत ८ । झापा, मोरङ, सुनसरी र इलामबाट चैत ०७ गते लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले धरान-१५ का मिलन तामाङ र झापाको अर्जुनधारा नगरपालिका-१० का सुवास राईलाई २ ग्राम १४९ मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी श्यामचोकले धरान- १५ का पवन सापकोटालाई ट्रामाडोल ३०५ क्याप्सुल र स्पास्पेन ३१० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

त्यस्तै बिर्तामोड-७ का सन्तोष प्रसाईलाई ४४० मिलिग्राम ब्राउन सुगर सहित र इलाम नगरपालिका-८ का बिबेक लिम्बु, माई नगरपालिका-४ का सिनास भट्टराई, इलाम नगरपालिका-६ का सुजन लिम्बु र झापा अर्जुनधाराका गणेश बराईलीलाई २८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय रानीले बिराटनगर-१५ का मौसम राज बाणालाई ३५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।