संखुवासभामा एक महिला मृत अवस्थामा फेला
संखुवासभा । संखुवासभाको मादी नगरपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
मादी नगरपालिका–४ सिर्जुङकी ४९ वर्षीया मायाकुमारी भुजेल आइतबार आफ्नै घर नजिकै मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
प्रहरीका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । भुजेलको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी टोली पुगेर प्रारम्भिक मुचुल्का उठाएको र शवलाई परीक्षणका लागि अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


