मोरङको सुन्दरहरैँचामा सडक छेउको नालीमा ३४ वर्षीय अधिकारी मृत फेला
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–२ हिमाल चोकस्थित सडक छेउको नालीमा ३४ वर्षीय अनिल (गोविन्द) अधिकारी मृ,त फेला परेका छन् ।
मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार सोमबार बिहान स्थानीयले नालीमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।


