पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा एक बालकको उपचारको क्रममा मृत्यु
ताप्लेजुङ । पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा एक बालकको उपचारकै क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–२ बस्ने हरी श्रेष्ठका करिब ३० महिनाका छोरा सोहन श्रेष्ठ मिति २०८२ चैत ९ गते बिहान करिब १०:३० बजे फुङलिङ नगरपालिका–१० स्थित पाथिभरा मन्दिर परिसरमा दर्शनका लागि पुगेका थिए।
दर्शनपछि आफन्तसँग फर्किने क्रममा अचानक बिरामी परेपछि उनलाई दिउँसो करिब ३:०० बजे जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइएको थियो।
उपचारकै क्रममा करिब ३:२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार बालक यसअघि नै निमोनियाबाट पीडित रहेको प्रारम्भिक रूपमा खुलेको छ। मृतकको शव हाल जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी वेदप्रसाद गौतमका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।


