जीप दुर्घटना हुँदा दुई युवकको घटनास्थलमै मृत्यु

डोटी । डोटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्लामा गएराति भएको दुर्घटनामा आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीका अनुसार गिरिचौकाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ३९२३ नम्बरको बोलेरो जीप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब ९ सय मिटर तल सायली गाडमा खसेको थियो। दुर्घटना राति करिब १२:३० बजे भएको हो।

दुर्घटनामा परेका जीप चालक समेत रहेका सुबोध रोकायाको घटनास्थलमै ज्यान गएको हो। दुवै मृतकको शव खोलाबाट सडकसम्म ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।