मोरङको पथरीशनिश्चरेमा मोटरसाइकल ग्यारेजमा आगलागी, एक घाइते

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मन्दिर लाइनस्थित कृष्ण थापाको घरमा भाडामा सञ्चालन हुँदै आएको मोटरसाइकल ग्यारेजमा सोमबार राति आगलागी भएको छ ।

पथरीशनिश्चरे–२ सरस्वती टोलका ३४ वर्षीय खिलबहादुर परियारले भाडामा लिई सञ्चालन गर्दै आएको ग्यारेजका २ सटर कोठामा सोमबार राति करिब १० बजेतिर विद्युत् लाइन सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पथरीको टोली, सशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको सक्रियतामा करिब ११ बजेसम्म आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा ग्यारेज सञ्चालक परियार घाइते भएका छन् । उनको बायाँ हात, पेट र खुट्टामा पोलेको चोट लागेको छ । हाल उनको पथरी अस्पतालमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाइएको छ ।

प्रहरीका अनुसार आगलागीबाट चौपायामा कुनै क्षति नभएको छ भने अन्य भौतिक क्षतिको विवरण संकलन भइरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।