एसईई चैत १९ देखि

काठमाडौं, चैत ११ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) यही चैत १९ गतेदेखि सुरु हुँदैछ ।

गत वर्ष चैत ७ देखि नै सुरु भएको एसईई यस वर्ष २१ फागुनमा भएको निर्वाचनको कारण १२ दिनपछि सरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष ५ लाख १० हजार विद्यार्थी एसईई परीक्षामा सामेल हुँदैछन् । गत वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थीले एसईई दिएका थिए ।

यस वर्ष गत वर्षको तुलनामा ४ हजार विद्यार्थी घटेका छन् । यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थीमध्ये ६३ हजार एक्जाम्टेड छन् । यस वर्ष कुल परीक्षार्थीमध्ये दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्र छन् ।

एसईई सञ्चालनका लागि १९ सय ९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । १९ चैतदेखि २९ चैतसम्म बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ । परीक्षालाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरीले देशभर करिब १२ हजार पाँच सय सुरक्षाकर्मी खटाउनेछ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖