नेपाल आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ । नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा समान रूपमा प्रतिलिटर १५ रुपैयाँ मूल्य वृद्धि गरेको छ। निगमका अनुसार, पछिल्लो एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ।

यसै कारण १६ देखि ३१ मार्चसम्म ५ अर्ब रुपैयाँ घाटा देखिएको निगमले जनाएको छ। यदि हालको मूल्य वृद्धिको प्रक्षेपण जारी रह्यो भने आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने अनुमान छ।

पहिलो वर्गका शहरहरू—चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगञ्ज—मा पेट्रोल प्रतिलिटर १८४.५० रुपैयाँ कायम हुनेछ। दोस्रो वर्गका सुर्खेत र दाङमा १८६ रुपैयाँ, तेस्रो वर्गका काठमाडौँ, पोखरा र दिपायलमा १८७ रुपैयाँ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न कठिन परिस्थितिमा निगमले उपभोक्ता र सरोकारवालालाई मितव्ययिता अपनाउन अनुरोध गरेको छ। बजारमा मूल्य कम भए लगत्तै मूल्य घटाइने पनि प्रतिवेदनमा उल्लेख छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।