बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय नयाँ सरकार गठन ,वरियतामा सुदन तेस्रो स्थानमा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय नयाँ सरकार गठन भएको छ। नयाँ मन्त्रिपरिषद्को वरीयताअनुसार प्रधानमन्त्री शाह पहिलो स्थानमा रहेका छन् भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो नम्बरमा छन्।

सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका सुधन गुरुङ मन्त्रिपरिषद्को वरीयतामा तेस्रो नम्बरमा रहेका छन्। गृहमन्त्रालयलाई शक्तिशाली मन्त्रालयका रूपमा लिइने भएकाले गुरुङको यो स्थानलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

मन्त्रिपरिषद्को वरीयता सूची

– बालेन्द्र शाह – प्रधानमन्त्री
– डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री
– सुधन गुरुङ – गृहमन्त्री
– शिशिर खनाल – परराष्ट्रमन्त्री
– सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री
– विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री
– खड्कराज पौडेल (गणेश) – पर्यटनमन्त्री
– सस्मित पोखरेल – शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री
– निशा मेहता – स्वास्थ्य तथा जनसंख्या मन्त्री
– विक्रम तिमिल्सिना – सञ्चारमन्त्री
– प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री
– दीपक साह (महोत्तरी) – श्रम, रोजगार मन्त्री
– सोविता गौतम – कानुन मन्त्री
– गीता चौधरी – कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री
– सीता वादी – महिला, बालबालिका मन्त्री

नयाँ मन्त्रिपरिषद्को वरीयताले सरकारभित्रको शक्ति सन्तुलन र प्राथमिकताहरू स्पष्ट संकेत गरेको विश्लेषण गरिएको छ। विशेषगरी गृहमन्त्री गुरुङको तेस्रो स्थानले सरकारको ‘कोर निर्णय समूह’मा उनको महत्वपूर्ण भूमिका रहने देखिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।