हावाहुरीले लेटाङ अन्धकारमा

लेटाङ,१४ चैत । मोरङको लेटाङ क्षेत्रमा गएराति परेको मुसलधारे वर्षा र तीव्र हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएको छ।

लेटाङ विद्युत कार्यालयका प्रमुख गोपाल पराजुलीका अनुसार किर्तिमान, बुधबारे, कमलपुर र खेरुवा क्षेत्रमा हालसम्म १२ वटा हाईटेन्सन लाइनका पोलहरू ढलेका छन्। लेटाङ बजार क्षेत्रमा आज साँझसम्म विद्युत आपूर्ति पुनःस्थापना गर्ने प्रयास भइरहेको जनाइएको छ भने क्षतिको पूर्ण विवरण अझै संकलन भइरहेको छ।

लेटाङ नगरपालिका–३ किर्तिमान क्षेत्रमा असिनापानीसहित आएको हावाहुरीले थप क्षति पुर्‍याएको छ। सडक किनारमा गाडिएका विद्युतका पोल ढलेपछि मुख्य सडक अवरुद्ध बनेको छ भने सवारी साधनको आवतजावत पूर्ण रूपमा प्रभावित भएको स्थानीयले बताएका छन्। हावाहुरीका कारण कम्तीमा दुई वटा ट्रान्सफर्मर भुइँमा लत्रिएको र विद्युतका तारहरू घरआँगनसम्म झुन्डिएको अवस्थामा रहेका कारण जोखिम समेत बढेको छ।

ढलेका पोल र तार हटाउने काम सुरु गरिएको भए पनि पूर्ण रूपमा विद्युत सेवा सुचारु हुन समय लाग्ने अनुमान गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖