विराटनगरको जुवा खालमा छापा: जनप्रतिनिधि सहित ९ व्यवसायी पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-२ स्थित एक निजी घरमा सञ्चालित जुवा खालमा छापा मारी प्रहरीले वडा सदस्यसहित ९ जना स्थापित उद्योगी व्यवसायीलाई पक्राउ गरेको छ। शनिबार राति स्थानीय वंशी राठीको घरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा विराटनगर–२ का निर्वाचित वडा सदस्य शेरसिंह दुगडसहित मारवाडी समुदायका प्रतिष्ठित व्यवसायीहरू सुशील मुन्दडा, राजबिहारी बिहानी, पवन शर्मा, बासु राठी, महेश राठी, बजरङ्ग राठी, विनीतलाल लालबनी र बलराम खत्री छन्।जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डिएसपी लिलाराज लामिछानेका अनुसार घटनास्थलबाट ९२ हजार ६ सय ४५ रुपैयाँ नगद, पाँच बुङ तास र हारजितको हिसाब राखिएको एउटा डायरी बरामद गरिएको छ।

ठूला व्यापारिक घरानाका व्यक्तिहरू संलग्न रहेको ‘हाइ प्रोफाइल’ जुवा खाल भए पनि बरामद रकम न्यून देखिएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ। मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले भने ठूलो खेल भइरहेको सूचनाका आधारमा छापा मारिए पनि खानतलासीका क्रममा ९२ हजार रुपैयाँ मात्र फेला परेको बताए।

स्रोतका अनुसार ठूलो कारोबार हुने खेललाई सामान्य बनाउन बरामद रकम कम देखाइएको आशङ्का गरिएको छ। यद्यपि, प्रहरीले घटनास्थलमा जे भेटियो त्यही सार्वजनिक गरिएको दाबी गरेको छ। पक्राउ परेका सबैलाई आजै छाड्ने तयारी भइरहेको बुझिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।