धरानबाट लागु औषध ब्राउन सुगर सहित २ जना पक्राउ
सुनसरी, चैत १५ गते । सुनसरीको धरान उप-महानगरपालिका ९ देवकोटा पथ स्थितबाट लागु औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र वडा प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान उप-महानगरपालिका ९ देवकोटा पथ स्थितबाट चेकजाँचको क्रममा को ३४ प १११४ नम्बरको मोटरसाईकल चालक भारत देश बिहार प्रदेश सिपौल अंचलपुर-९का २३ वर्षिय अदित्य सागर र सुपौल धरहरा -८ का २६ वर्षिय राज कुमार यादवको साथबाट १३ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ ।
पक्राउ परेको दुबैजनाको थप अनुसन्धान भई रहेको छ ।


