एमालेबाट लुम्बिनी प्रदेश सभा सदस्य रहेकी रेखाकुमारी शर्मा पक्राउ

काठमाडौ । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सभा सदस्य रहेकी रेखाकुमारी शर्मा पक्राउ परेकी छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति धुम्बाराहीस्थित निवासबाट नियन्त्रणमा लिएको हो।

शर्मामाथि दाङकी एक नाबालिकालाई घरेलु कामदारका रूपमा राख्दै शारीरिक तथा मानसिक हिंसा गरेको आरोप लागेको छ। २०८१ जेठ १४ गते काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित उनको घरबाट उक्त बालिकाको उद्धार गरेको थियो।

उद्धारपछि शर्माविरुद्ध नाबालिकालाई कुटपिट गर्ने, बाहिर निस्किन नदिने, उचित बसोबासको व्यवस्था नगर्ने तथा मानसिक पीडा दिने जस्ता आरोप लगाइएको थियो। त्यसबेला काठमाडौँ महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन्द्र शाहले पनि यस विषयमा सार्वजनिक रूपमा प्रश्न उठाएका थिए।

घटनापछि २०८१ जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा शर्माविरुद्ध जाहेरी दर्ता भएको थियो। महानगरपालिकाले बालबालिकासम्बन्धी ऐन, २०७५ अन्तर्गत कसुर भएको दाबी गर्दै उजुरी दिएको थियो, जसमा बालबालिकामाथि शारीरिक तथा मानसिक हिंसा गरेमा जरिवाना र कैद सजायको व्यवस्था छ।

यद्यपि, प्रारम्भिक चरणमा मुद्दा अघि नबढेको भन्दै आलोचना भएको थियो। पछि २०८१ माघमा शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय भएको थियो। त्यसपछि मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत माफी माग्दै ‘समय आउने’ टिप्पणी गरेका थिए।

यसबीच, उक्त प्रकरण सर्वोच्च अदालतसम्म पुगेको थियो। बालिकाको अभिभावकले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। अन्ततः सर्वोच्च अदालतको पूर्ण इजलासले बालिकालाई अभिभावकसँग पुनर्मिलन गराउँदै काठमाडौँमै बस्ने व्यवस्था मिलाउन आदेश दिएको थियो। साथै, बालिग नहुन्जेलसम्म पढाइ र हेरचाहको जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको थियो।

हाल पुरानो मुद्दा पुनः सक्रिय भएसँगै सांसद शर्मा पक्राउ परेकी हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यस घटनाले बाल अधिकार संरक्षण, राजनीतिक प्रभाव र न्याय प्रक्रियामाथि फेरि बहस चर्काएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।